
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । वैदेशिक रोजगारीका लागि भन्दै श्रीमानले नेपालबाट महिला कतार पठाउने र कतारमा श्रीमतीले बेच्ने गरेको खुलेको छ ।
मानव बेचबिखन अनुसन्धान ब्युरोको टोलीले सिन्धुपाल्चोकको जुगल गाउँपालिका–३ का ३२ वर्षीय ङेमा लामालाई पक्राउ गरेर अनुसन्धान गर्दा उक्त विषय खुलेको हो ।
ङेमाकी श्रीमती कतारमा छिन् । तर, ङेमाले श्रीमती कुवेतमा रहेको राम्रो काम र मासिक ५० हजार रुपैयाँ आम्दानी हुने भन्दै प्रलोभनमा पारेर कतारमा महिला पठाउने गरेका थिए ।
कतार पठाउनका लागि नक्कली कागजातसमेत बनाउने गरेको खुलेको ब्युरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए ।
एक महिलालाई वर्किङ भिसामा क्लिनरको काम भन्दै ५ कात्तिक २०८० मा ९५ हजार रुपैयाँ लिएर ङेमाले कतार पठाएकी थिइन् ।
कतारकै एअरपोर्टमा ङेमाकी श्रीमतीले ती महिलालाई रिसिभ गरेर कुवेती नागरिकको घरमा ५ लाख रुपैयाँमा बिक्री गरेको पाइएको एसपी मिश्रले बताए ।
पारिश्रमिक समेत नदिने र यौन शोषण गर्ने गरेपछि ३ महिनापछि ती महिला भागेर कुवेतस्थित नेपाली दूतावास पुगेकी थिइन् । नेपाल आएर प्रहरीमा उजुरी परेपछि ङेमा पक्राउ परेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij