Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै

परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जादै

  • काठमाडौं । दोस्रो बिमस्टेक विदेशमन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सेवा लम्साल आज नयाँ दिल्ली जाँदै छन् ।

    images
    images
    images

    भारतको नयाँ दिल्लीमा यही जुलाई ११-१२ मा आयोजना हुने दोस्रो बिमस्टेक विदेश मन्त्रीहरूको रिट्रिटमा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै परराष्ट्र सचिव सुश्री सेवा लम्साल आज नयाँ दिल्ली जान लागेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ ।

    रिट्रिटका क्रममा बिमस्टेक ढाँचाभित्रका पारस्परिक हित र पूरकताका सहमति भएका क्षेत्रमा क्षेत्रीय सहयोग र साझेदारीलाई थप सुदृढ बनाउने विषयमा छलफल हुने परराष्ट्रले जनाएको छ ।

    सो अवसरमा बिमस्टेक सदस्य राष्ट्रका विदेशमन्त्री तथा प्रतिनिधिमण्डलका प्रमुखहरूले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग संयुक्त भेटवार्ता गर्ने कार्यक्रम छ ।

    परराष्ट्र सचिवको साथमा मन्त्रालयका एक वरिष्ठ अधिकारी पनि भारत जाने र १३ जुलाई २०२४ मा काठमाडौं फर्कने तालिका रहेको परराष्ट्रले जानकारी दिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij