
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं। रोल्पाको रुन्टीगढी गाउँपालिका स्यालामा मिनी ट्रक दुर्घटना हुँदा चालकको घटनास्थलमै मृत्यु भएको छ । तरकारी लिनका लागि गएको मिनी फर्किने क्रममा दुर्घटना हुँदा चालकको मृत्यु ८ वर्षीय बालक सुजन रावत सामान्य घाइते भएका छन् ।
रा१ख २१३१ नम्बरको मिनीट्रक गएराति साढे ११ बजे फर्किने क्रममा दुर्घटना भएको इप्रका होलेरीका इञ्चार्ज देवीप्रसाद गैरेले जनाकारी दिए । उनकाअनुसार मृत्यु हुनेमा रुन्टीगढी गाउँपालिका-६ निगालपानी निवासी अन्दाजी ३२/३३ वर्षीय महेश थापा रहेका छन् ।
रातिको समय भएको हुँदा के कति कारणले गाडी दुर्घटना भयो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । दुर्घटनाबारे थप अनुसन्धान भइरहेको उनले बताए।
मृतकको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी राखिएको छ। मिनीट्रक सडकदेखि ५०/६० मिटर तल भिरमा अड्किएको र गाडी पूर्णरुपमा क्षति भएको इञ्चार्ज गैरेले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij