Logo

Jun 29 2025 | २०८२, असार १५ गते

Jun 29 2025 | २०८२, असार १५ गते

काठमाडौं गौचरणबाट १४ किलो चाँदी बरामद

काठमाडौं गौचरणबाट १४ किलो चाँदी बरामद

  • काठमाडौं । भारतीय नम्बर प्लेटको गाडीबाट १४ किलो भन्दा बढी चाँदी केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले बरामद गरेको छ ।

    images
    images
    images

    राजधानीको सानो गौचरणस्थित एक अटो वर्कसपभित्र रोकी राखेको अवस्थामा बीआर०६ यू ९०५३ नम्बरको गाडीबाट १४ किलो २५० ग्राम चाँदीका गरगहनाहरू बरामद गरेको प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले जानकारी दिए ।

    images

    चाँदी ल्याउने कार्यमा संलग्न भारतीय नागरिक अमन कुमार, बिकी कुमार साह र चालक पर्साका श्रवण प्रसाद कानुलाई समेत नियन्त्रणमा लिइएको बोगटीले जानकारी दिए ।

    उनीहरूले अवैध रूपमा गहनाको आकार दिएर चाँदी ल्याउँदै काठमाडौँमा बिक्री वितरण गर्ने गरेको खुलेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij