Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको अन्तिम दिन आज नेप्से दोहोरो अंकले बढेको छ । आज सेयर बजार परिसूचक १५ दशमलव ४६ अंकले बढेर २११९ दशमलव ६९ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    बिहीबार ३१३ कम्पनीका ८४ हजार १ सय २६ पटकको कारोबारमा २ करोड २१ लाख ६७ हजार ६ सय ७८ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ६ अर्ब ४८ करोड २५ लाख ४६ हजार ९ सय ८० रुपैयाँ रहेको छ ।

    त्यस्तै, आज सेन्सेटिभ इन्डेक्स १ दशमलव ८४ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव १९ अंकले बढेको छ । साथै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ०२ अंकले बढेको छ ।

    १३ उपसमूहमध्ये निर्माण कम्पनी र फाइनान्स कम्पनी घटेका छन् भने ११ वटा बढेका छन् । जसमा सर्वाधिक जीवन बीमा कम्पनी बढेको छ । आज अन्खु खोला जलविद्युत कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने समाज लघुवित्तका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाएका छन् ।

    बिहीबार एनआरएन इन्फ्रास्ट्रक्चर र विकास कम्पनीको कारोबार सर्वाधिक भएको छ । १४९ कम्पनीको सेयर मूल्य बढ्दा ९२ वटाको घटेको छ भने ६ वटा स्थिर रहेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij