Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दोहोरो अंकले बढ्यो सेयर बजार

दोहोरो अंकले बढ्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज सेयर बजार परिसूचक १६ दशमलव २९ अंकले बढेर २०५३ दशमलव ३८ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३२३ कम्पनीको ४४ हजार १ सय ६९ पटकको कारोबारमा ७१ लाख ६५ हजार ७ सय ३५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम २ अर्ब ९९ करोड ९९ लाख ६५ हजार रुपैयाँ रहेको छ ।

    सेन्सेटिभ इन्डेक्स ३ दशमलव ०१ अंकले बढेको छ भने फ्लोट इन्डेक्स १ दशमलव ३६ अंकले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स १ दशमलव ३८ अंकले बढेको छ ।

    १३ उपसमूहमध्ये निर्माण र फाइनान्स कम्पनीहरू घटेका छन् भने ११ वटा बढेको छ । आज सर्वाधिक बढ्नेमा विकास बैंक र होटेल रहेका छन् ।
    सोमबार नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा बढी भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij