
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । जाजरकोटमा पहिरोले पुरिएर एक बालकको मृत्यु भएको छ ।
भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो । गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो ।
पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij