Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

पशुपति कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा

पशुपति कोटीहोम महायज्ञको तयारी अन्तिम चरणमा

  • काठमाडौं । आगामी श्रावण महिना भर सञ्चालन हुने ऐतिहासिक पशुपति कोटिहोम महायज्ञ सुभारम्भ हुन अब करिब २ हप्ता मात्र बाँकी छ । महायज्ञ प्रारम्भ हुने मिति नजिकिँदै गर्दा आयोजक मानव सेवा फाउण्डेसन नेपालले आफ्नो तयारीलाई तिब्र गतिका साथमा अगाडि बढाएको छ ।

    आयोजक संस्था जसरी तातिएको छ त्यस्तै अन्य सामाजिक तथा धार्मिक संघसस्थाहरु पनि तातिरहेका छन् । अहिले उपत्यका भित्रका सामाजिक तथा धार्मिक संघसस्थाहरुमा आबद्ध रहेका व्यक्तिहरु कार्यक्रम परिसरमा उपस्थित भई निःशुल्क स्वयंसेवा गरिरहेको आयोजक समितीले जानकारी दिएको छ ।

    कार्यक्रम स्थल वनकाली हंसमण्डप, कैलाशडाँडालगायत पशुपति क्षेत्र सरसफाईको कार्यदेखि लिएर पण्डाल निर्माण र हवन कुण्ड निर्माण लगायतको कार्यमा निःशुल्क स्वयंसेवा गर्ने व्यक्ति तथा सामाजिक संस्था बढदै गइरहेको आयोजकको भनाइ छ ।

    उपत्यकाबाट अहिले दैनिक समूहका पधादिकारीहरु तथा व्यक्तिगत रुपमासयौको संख्यामा सहभागी भएर सेवा प्रदान गरिरहेका छन । त्यस्तै उपत्यका बाहिरबाट पनि सेवा गर्न चाहानेको संस्या उल्लेख्य रहेको आयोजकले जानकारी दिएको छ ।

    यसरी स्वयंसेवकको भूमिका निर्वाह गर्ने व्यक्ति या संस्थाहरुलाई आयोजक मानव सेवा फाउण्डेसनले कार्यक्रमको समयमा प्रशंसा पत्रले सम्मान गर्ने कार्यक्रम राखेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij