Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

औषधि उद्योगको अध्ययन गर्न समिति गठन 

औषधि उद्योगको अध्ययन गर्न समिति गठन 

  • काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले औषधि तथा औषधि उद्योगको गुणस्तरका सम्बन्धमा अनुगमन गर्न समिति गठन गरेको छ।

    images
    images
    images

    स्वास्थ्यमन्त्री प्रदीप यावदले मन्त्रिस्तरीय निर्णय गर्दै मन्त्रालयका अतिरिक्त सचिव डा. विकास देवकोटाको संयोजकत्वमा समिति गठन गरेका हुन्।

    images

    समितिले औषधिको गुणस्तरको अनुगमन गर्नुका साथै औषधि उद्योग, फार्मेसी, औषधिसँग सम्बन्धित निकायको सञ्चालनको अवस्था, सेवा प्रवाह, क्षमता, सञ्चालन प्रक्रिया र मापदण्डको बारेमा अध्ययन गर्ने मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले जानकारी दिए।

    images

    औषधिको गुणस्तर, समस्या र चुनौतीलगायत विषयको पनि स्थलगत अध्ययन गरिने उनको भनाइ छ। मन्त्रालयका प्रवक्ता डा. बुढाथोकीका अनुसार समितिले दुई साताभित्र प्रतिवेदन मन्त्रालयमा पेस गर्नेछ।

    समितिका सदस्यमा औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकाल, राष्ट्रिय औषधि प्रयोगशालाका प्रतिनिधि, फार्मेसी काउन्सिलका प्रतिनिधि, अनुगमन हुने जिल्लाको जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि, अनुगमन हुने जिल्लाको औषधि व्यवस्था विभागको कार्यालय प्रमुख छन्।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij