Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई आवतजावतमा समस्या  

झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई आवतजावतमा समस्या  

  • काठमाडौं । कालिकोटको नरहरिनाथ गाउँपालिकाका स्थानीयवासीलाई झोलुङ्गे पुल नबन्दा आवतजावतमा समस्या भएको छ । सोही गाउँपालिका - १ कोटवाडा, वडा नं ६, ७, ८ र ९ लालु माल्कोट जोड्ने रहगाडा खोलाको झोलुङ्गे पुल नबन्दा स्थानीयवासीलाई समस्या भएको हो ।

    images
    images
    images

    २०७८ सालको बाढीले झोलुङ्गे पुल बगाएपछि कुनै निकायले चासो नदिँदा समस्या भएको नरहरिनाथ गाउँपालिका–१ का पूर्वजिल्ला विकास समितिका सदस्य कटकबहादुर विष्टले जानकारी दिए । सो पुल निर्माणमा स्थानीय सरकारले समेत चासो नदिँदा स्थानीयवासीलाई आवतजावतमा समस्या भएको छ । 

    ‘झोलुङ्गे पुल बनाउनका लागि प्रत्येक वर्ष बजेट आएको सुन्छु’, उनले भने, ‘पुल भत्किएको लामो समयमा कुनै निकायले चासो नदिँदा अहिले लालु, माल्कोट र कोटवाडा गाउँको आवातजावतमा समस्या भएको छ।’

    झोलुङ्गे पुल बनाउन स्थानीयले तीनवटै तहका सरकारसँग पटक(पटक माग गरेको भए पनि अहिलेसम्म खासै चासो नदिएका कारणले नागरिक तहबाट पहल थाल्नुपर्ने नरहरिनाथ गाउँपालिका-९ लालुका नागरिक समाजका अगुवा किशोरकुमार रावलले बताए। 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij