Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

विवाहको बहानामा चीनमा मानव तस्करी, एक महिला पक्राउ

विवाहको बहानामा चीनमा मानव तस्करी, एक महिला पक्राउ

  • काठमाडौं । वैदेशिक रोजगारीका आडमा मानव बेचबिखन र तस्करीको धन्दा फस्टाइरहेको बेलामा बिवाहको बहानामा चीनमा मानव तस्करी तथा बेचबिखन गरेको आरोपमा एक महिला पक्राउ परेकी छिन् ।

    images
    images
    images

    पक्राउ पर्नेमा उदयपुरको त्रियुगा नगरपालिका–१ जोगिदह घर भएकी ३१ वर्षीया सुन्दरी राई छिन् । उनलाई मानव बेचबिखन अनुसन्धान ब्यूरोको टोलीले पक्राउ गरेको हो ।

    चीनमा यौन व्यापार, मानव अङ्ग प्रत्यारोपण, भाडामा सन्तानोत्पादन तथा जबरजस्ती श्रम आदि कार्यका लागि मानव तस्करी हुने गरेको छ ।

    उनले चिनियाँ केटासँग विवाह गरेर चीन आउन भन्दै पीडित महिलालाई सामाजिक सञ्जालमार्फत प्रस्ताव गरेकी थिइन् । विश्वास दिलाउन आफू समेत चिनियाँ केटासँग विवाह गरेर चीन आएको बताएकी थिइन् ।

    त्यसपछि पीडित महिलालाई ठमेलमा उनले चिनियाँ केटासँग समेत भेट गराएको पाइएको ब्यूरोका प्रवक्ता एसपी गौतम मिश्रले जानकारी दिए । महिलालाई झुक्याएर १० फागुन २०८० मा चीन पुर्‍याएको खुल्न उनले बताए । विदेशको सपना देखाएर, विभिन्न प्रलोभनमा पारेर दूरदराजका सोझासिधा युवतीलाई उनले चीन लग्दै आएकी थिइन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij