Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

३५ हजार घुससहित पक्राउ परेका, कपिलवस्तुका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

३५ हजार घुससहित पक्राउ परेका, कपिलवस्तुका सर्वेक्षकविरुद्ध भ्रष्टाचार मुद्दा दायर

  • काठमाडौं । नापी कार्यालय कपिलवस्तुका सर्वेक्षक बेचनप्रसाद गुप्ता (तेली) विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । 

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीविरुद्ध  बिहीबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । जग्गा कित्ताकाट गर्ने प्रयोजनार्थ सेवाग्राहीसँग ३५ हजार घुस लिँदा रंगेहात समातिएका उनीहरुद्ध सोही बराबरको बिगो मागदाबीसहित मुद्दा दायर गरिएको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । 

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले सर्वेक्षक बेचनप्रसादलाई सेवाग्राहीबाट ३५ हजार रुपैयाँ लिइसकेको अवस्थामा नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो । 

    उनीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (१) को देहाय (ख) बमोजिम कैद सजाय गरी सोही ऐनको दफा ३ को उपदफा (१) अनुसार बिगो बमोजिम जरिवाना सजायसमेत हुन मागदाबी लिई मुद्दा दायर गरिएको घिमिरेको भनाइ छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij