Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

दोहोरो अंकले घट्यो सेयर बजार

दोहोरो अंकले घट्यो सेयर बजार

  • काठमाडौं । साताको कारोबारको चौथो दिन आज सेयर बजारमा दोहोरो अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६० अंकले घटेर २०६० दशमलव १६ को विन्दुमा पुगेको छ ।

    images
    images
    images

    आज ३०५ कम्पनीका ५४ हजार ७ सय ९३ पटकको कारोबारमा ८७ लाख २७ हजार १६४ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ५ करोड ८० लाख ४७ हजार रुपैयाँ रहेको छ ।

    बुधबार सेन्सेटिभ इन्डेक्स २ दशमलव २७ अंकले घटेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ८९ अंकले घटेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव ९७ अंकले घटेको छ ।

    १३ उपसमूहमध्ये १० वटा घटेको छ भने फाइनान्स, म्चुअल र व्यापार कम्पनीहरू सामान्य अंकले बढेका छन् । आज सर्वाधिक घट्नेमा जीवन बीमा रहेको छ । भने, नेपाल फाइनान्स कम्पनीको कारोबार सबैभन्दा कढी भएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij