Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

बाढीले बगाउँदा दुई जनाको मृत्यु,  दुई जना घाइते

बाढीले बगाउँदा दुई जनाको मृत्यु,  दुई जना घाइते

  • काठमाडौं । मोरङको सुन्दरहरैंचा नगरपालिकामा बाढीले बगाउँदा दुई जनाको मृत्यु भएको छ । सोही नगरपालिका–५ गौशाला नजिक बूढीखोलाले बगाउँदा मंगलबार दिउँसो एक महिलाको मृत्यु भएको हो । 

    images
    images
    images

    जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता प्रहरी नायव उपरीक्षक ज्ञानेन्द्रबहादुर बस्नेतका अनुसार बाढीले बगाउँदा दुई जना बेपत्ता भएका छन् । एक जनाको जिवितै उद्धार गरिएको छ ।

    images

    सुन्दरहरैँचा नगरपालिका– ५ गौशला नजिकै बूढीखोलामा माछा मार्ने क्रममा दिउँसो १२ बजेतिर खोलामा अचानक आएको बाढीले चार जना महिलालाई बगाएको थियो । बाढीमा बगेका चारमध्ये सुन्दरहरैचा– ५ की २२ वर्षीया स्वस्तिका चौधरीको जिवितै उद्धार गरिएको छ ।

    सोही स्थानकी २५ वर्षीय प्रेमकला चौधरीको शव बूढीखोलाको पश्चिम किनारमा भेटिएको प्रहरीले जनाएको छ । ६० वर्षीया असरादेवी चौधरी र ३० वर्षीया फुला चौधरी बेपत्ता छन् ।

    उनीहरुको खोजीका लागि मोरङ प्रहरी उपरीक्षक नवराज कार्कीसहितको टोली खटिएको प्रहरी प्रवक्ता बस्नेतले बताए।

    images

    यस्तै मोरङको केराबारी गाउँपालिका–४ याङ्शीलाका चित्रबहादुर राईका छोरा ११ वर्षीय श्याम राईको खोलाले बगाउँदा मृत्यु भएको छ ।

    विद्यालय जाने क्रममा उनलाई महुरे खोलाले बगाएको र एक सय मिटर तल शव भेटिएको प्रहरीले जनाएको छ । उनी केराबारी–४ चिउरी भञ्ज्याङस्थित जनकल्याण माध्यमिक विद्यालयको कक्षा ६ मा अध्ययनरत थिए।

    विद्यालय जाँदै गरेका ५/६ जना बालबालिका एकै पटक बाढी आएको खोला तर्न खोज्दा राईलाई बगाएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij