Logo

Apr 09 2025 | २०८१, चैत २७ गते

Apr 09 2025 | २०८१, चैत २७ गते

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार,घटनामा संलग्न प्रक्राउ

ललितपुरमा व्यवसायीमाथि खुकुरी प्रहार,घटनामा संलग्न प्रक्राउ

  • काठमाडौं । ललितपुर चुनिखेलमा व्यवसायीमाथि खुकुरी प्रहार भएको छ । घटनामा गुन्डागर्दी गर्ने समूहले व्यवसायीमाथि खुँडा प्रहार गरेको खुलेको हो ।

    images
    images
    images

    शुक्रबार दिउँसो चुनिखेलमा निर्माणाधिन मनोज बानियाँको रिसोर्टमै उनीमाथि ज्यान मार्ने उद्देश्यले खुँडा प्रहार भएको थियो । खुँडा प्रहारबाट घाइते मनोजको नख्खुस्थित मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ ।

    उनको बायाँ हात छिनालिनबाट थोरै मात्रै जोगिएको छ भने र दायाँ खुट्टा र तिघ्रामा समेत गहिरो घाउ छ । घटनाको चार दिन बित्दा पनि घटनामा संलग्न मुख्य आरोपी पक्राउ परेका छैनन् । घटनामा संलग्न तीनजनालाई भने प्रहरी प्रक्राउ गरेको छ ।

    पक्राउ पर्नेहरूमा सुरेन्द्र महर्जन, लालबहादुर तामाङ र एकजना मुख्या अरोपीका सवारी चालक छन् । घटनाको अनुसन्धानका लागि उपत्यका अपराध अनुसन्धान कार्यालयको टोली र ललितपुर प्रहरीको विशेष टोली खटिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij