Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

क्लिनिक नेपालद्वारा सय विपन्न परिवारको स्वास्थ्य बीमा 

क्लिनिक नेपालद्वारा सय विपन्न परिवारको स्वास्थ्य बीमा 

  • काठमाडौं । चितवनको भरतपुर महानगरपालिका-२७ मेघौलीका विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको छ। क्लिनिक नेपालले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको हो । 

    onlinepatrika
    Arghakhachi

    क्लिनिक नेपालका म्यानेजर सुमन पौडेलका अनुसार भरतपुर वडा नम्बर २७ सँग समन्वय गरेर विपन्न परिवार पहिचान गरि बीमा गरिएको छ।

    AGNI GROUP

    सुकुम्बासी समुदायको बसोबास रहेको सिसौघारी टोल सुधार समितिका ७८ परिवार र क्लिनिक नेपालले छात्रवृत्ति प्रदान गरि पढाइरहेका २५ विद्यार्थीका परिवारको बीमा गरिएको हो। प्रति परिवारको ३५ सयदेखि ५६ सय रुपैयाँ शुल्क तिरेर बीमा गरिएको पौडेलले बताए।

    भरतपुर-२७ का वडाध्यक्ष रामबहादुर भण्डारीले कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित परिवारलाई वडा कार्यालयको समन्वयमा स्वास्थ्य बीमा गरिएको बताए। आगामी वर्ष अन्य टोलका विपन्न परिवारको बीमा गराउने उनले बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट