Logo

Jul 07 2025 | २०८२, असार २३ गते

Jul 07 2025 | २०८२, असार २३ गते

पैसा असुल्ने पूर्व डीएसपी शर्मा र उनका साथी खत्री पक्राउ

पैसा असुल्ने पूर्व डीएसपी शर्मा र उनका साथी खत्री पक्राउ

  • काठमाडौं । सुन तस्करी तथा हुन्डी कारोबारमा संलग्नलाई छुटाइदिने पैसा असुली गर्ने पूर्व डिएसपी कृष्णप्रसाद (केपी) शर्मा पक्राउ परेका छन् ।

    images
    images
    images

    परेका व्यक्तिका आफन्तसँग पैसा लिएको खुलेपछि सीआइबीले उनलाई पक्राउ गरेको हो । उनीसँगै एक बैंकका पूर्व कर्मचारी झविन्द्र खत्री पनि पक्राउ परेका छन् ।

    images

    गत वर्ष विमानस्थलबाट पास भएको ६० केजी सात १६ ग्राम बरामद गरी अनुसन्धान सीआईबीले गरिरहेको छ । सोही प्रकरणमा मुद्दा मिलाइदिने भन्दै उनीहरू शंकास्पद तथा आरोपितकहाँ पैसा उठाउन गएको पाइएको छ ।

    मुद्दा मिलाइदिन्छु भन्दै शर्मा र झविन्द्र खत्रीले साढे आठ लाख रुपैयाँ लिएका थिए । सोही सूचनाका आधारमा उनीहरूलाई पक्राउ गरिएको सीआइबीका प्रवक्ता एसपी होबिन्द्र बोगटीले बताए ।

    सीआइबी स्रोतका अनुसार पक्राउ नै नपरेका व्यक्तिलाई सीआइबीमा सेटिङ मिलाएर मुद्दा मिलाइदिने भन्दै डिल गर्न गएका थिए । त्यो बेलामा रकम लिएका थिए ।

    images

    पक्राउ परेका पूर्वडिएसपी शर्मा सेवामा रहँदा पनि विवादास्पद छविका अधिकृत हुन् । आपराधिक समूहसँग मिलेर पैसा असुलेको आरोपमा उनी कारबाहीमा परेका थिए ।

    अवकाशपछि पनि अवैध गतिविधिमा संलग्न रहेको खुलेको सीआईबीका अधिकारीहरू बताउँछन् । उनीहरूले अन्य मुद्दा समेत मिलाइदिने भन्दै पैसा उठाउने गरेको प्रारम्भिक अनुसन्धानमा खुलेको छ ।

    गत वर्ष विमानस्थलबाट पास भएको ६० केजी सात १६ ग्राम बरामद गरी अनुसन्धान सीआईबीले गरिरहेको छ । पहिलो चरणमा गत वर्ष २९ जनाविरुद्ध मुद्दा दायर भइसकेको छ । अनुसन्धानको क्रममा पूर्वडीएसपीहरू पक्राउ परका हुन् ।

    दोस्रो चरणमा सीआइबीले २० जनालाई थुनामा राखी अनुसन्धान गरिरहेको छ । आगामी साता अनुसन्धान टुङ्गाउने गरी अनुसन्धान भइरहेको सीआइबीले जनाएको छ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij