
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । मुख्यसचिव बैकुण्ठ अर्यालसहित नेपाल सरकारका केही उच्च पदस्थहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गर्ने निर्णय गरेको छ ।
अख्तियारले अनुसन्धानबाट नेपाल दूरसञ्चार प्राधिकरणले टेलिकम्युनिकेसन ट्राफिक मोनिटरिङ एन्ड फ्रड कन्ट्रोल सिस्टम (टेरामक्स) खरिदमा संलग्नता देखिएपछि अर्यालविरुद्ध मुद्दा दायर गर्ने निर्णय गरेको हो ।
सञ्चार सचिव हुँदा उनले गरेको निर्णयले मुलुकको राज्यकोषमा हानि नोक्सानी पुगेको निचोडसहित मुद्दा दायर गर्ने निर्णय भएको हो । यस प्रकरणमा अर्थ मन्त्रालयका सहसचिव रितेश शाक्यलाई पनि प्रतिवादी बनाइएको छ ।
अर्याललाई सरकारले विसं २०८० जेठ ३२ गते मुख्यसचिव नियुक्त गरेको थियो । भ्रष्टाचार मुद्दा दायर भएलगत्तै उनी स्वतः निलम्बनमा पर्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij