Logo

Apr 08 2025 | २०८१, चैत २६ गते

Apr 08 2025 | २०८१, चैत २६ गते

भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ

भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ

  • काठमाण्डौ । त्रिभुवन विमानस्थल हुँदै भन्सार छलेर सुन ल्याएको आरोपमा तीन जना पक्राउ परेका छन् । गोप्य सूचनाका आधारमा उनीहरुलाई सिनामङ्गलबाट पक्राउ गरिएको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा बाँकेको खजुरा गाउँपालिका वडा–८ का मोहम्मद दिलसाद खाँ, नवलपरासी पूर्व गैंडाकोट नगरपालिका–१३ घर भई काठमाण्डौ महानगरपालिका–२६ बस्ने सन्तोष परियार र तनहुँ भानु नगरपालिका–७ घर भएका अन्जिल गुरूङ रहेका काठमाण्डौ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ । 

    कतारबाट नेपाल आउने हिमालय एयरलाइन्सको उडानमार्फत् नेपाल आउने केही व्यक्तिले भन्सार छलेर सुन ल्याई कारोबार गरेकोले उनीहरुलाई पक्राउ गरेको प्रहरी उपरीक्षक अंगुर जिसीले जानकारी दिए ।

    मोहम्मद दिलसाद खाँको शरीरमा खानतलासी गर्दा नौ लाख ९९ हजार तीन सय ९६ रूपैयाँ बराबरको झन्डै ७० ग्राम सुनको ब्रासलेट एक थान र झन्डै १२ ग्रामको बेरूवा औंठी भेटिएको जिसीले बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij