Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । जिल्लाको बडीमालिका नगरपालिका–९ मा विद्युतको तार मर्मत गर्ने क्रममा करेन्ट लागेर एक युवक घाइते भएका छन्। कारागार नजिकै विद्युतको नाङ्गो तार हटाएर नयाँ कालोतार विस्तार गर्ने क्रममा करेन्ट लागेर एक युवक घाईते भएका हुन्।
घाईते हुनेमा त्रिवेणी नगरपालिका–३ पुर्भुताका २८ वर्षीय पुरन साउँद रहेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक तथा सूचना अधिकारी रविन्द्रसिंह कार्कीले बताए।
जिल्ला अस्पताल बाजुरामा सामान्य उपचारपछि थप उपचारका लागि सेती प्रादेशिक अस्पताल धनगढी रिफर गरिएको छ। करेन्ट लागेर घाईते भएका साउँदको अवस्था मध्यम रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij