Logo

Apr 16 2025 | २०८२, वैशाख ३ गते

Apr 16 2025 | २०८२, वैशाख ३ गते

काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको बसमा भेटियो अवैध भेप

काठमाडौंबाट हेटौँडा हुँदै भारत जान लागेको बसमा भेटियो अवैध भेप

  • काठमाडौं । मकवानपुर प्रहरीले ५८ कार्टुन चाइनिज भेपसहित पाँच जनालाई पक्राउ गरेको छ । २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवरसहित मकवानपुर प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

    images
    images
    images

    पक्राउ पर्नेमा दोलखा भीमेश्वर नगरपालिका-२ का ३७ वर्षीय सलाम मोक्तान, उदयपुर कटारी नगरपालिका-११ का २७ वर्षीय प्रविन्द्र राना, नुवाकोट दुप्चेश्वर गाउँपालिका-७ घर भएका ३९ वर्षीय इन्द्रबहादुर दर्जी, सोही ठाउँका ३० वर्षीय सन्तोष भुसाल र धनकुटा बेलका नगरपालिका वडा नम्बर-१६ का २९ वर्षीय राजकुमार हिमाङ छन् ।

    काठमाडौँबाट हेटौँडा हुँदै भारत जान लागेको ना ६ ख ७१६३ नम्बरको यात्रुवाहक बसमा २ करोड ७१ लाख मूल्य बराबरको अवैध भेप तथा भेपको फ्लेवर फेला परेको मकवानपुर प्रहरीले जनाएको छ ।

    एसपी सिताराम रिजालको कमाण्डमा खटिएको बागमती प्रदेश प्रहरी कार्यालय सहितको संयुक्त टोलीले बिहीबार साँझ भेप फेला पारेको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij