Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखराका तीन स्थानमा प्रदर्शन

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा पोखराका तीन स्थानमा प्रदर्शन

  • काठमाडौं । पोखराका तीन प्रख्यात स्थलमा नेपालस्थित भारतीय राजदूतावासले योग प्रदर्शनको आयोजना गरेको छ । अन्तर्राष्ट्रिय योग दिवस २०२४ को अवसरमा दुतावासले उक्त प्रदर्शन आयोजना गरेको हो ।

    images
    images
    images

    सहभागीहरूले अन्नपूर्ण हिम शृङ्खलाको मनोरम दृश्य अवलोकन गर्दै रमणीय सराङकोट भ्यु पोइन्टमा सूर्योदय योग गरेसँगै कार्यक्रमको सुरुवात भएको थियो । यसपछि पोखरा नजिकैको पुम्दीकोटस्थित श्रद्धेय शिव मन्दिरमा योग प्रदर्शन गरिएको थियो ।

    यस कार्यक्रमका लागि एक अत्यन्तै राम्रो पृष्ठभूमि प्रदान गरेको पुम्दीकोटस्थित शिव मन्दिर शान्त वातावरण र भव्य दृश्यका लागि परिचित छ । योग अभ्यासका समग्र अनुभवलाई वृद्धि गर्दै सहभागीहरू प्रकृति र आध्यात्मिकतासँग जोडिन सफल भएका थिए ।

    भारतीय राजदूतावासले पोखरा नजिकैको रमणीय अनदु डाँडामा अवस्थित नेपालको पहिलो विश्व शान्ति प्यागोडा शान्ति स्तुपमा विशेष योग प्रदर्शनको पनि आयोजना गरेको थियो ।

    यस वर्षको “स्वयम् र समाजका लागि योग” भन्ने नाराका साथ यस प्राचीन अभ्यासका फाइदाहरू बटुल्न कार्यक्रममा सरकारी अधिकारी, स्थानीय बासिन्दा र योगमा अभिरुचि राख्ने लगायत विभिन्न क्षेत्रका मानिसहरूको सहभागिता रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij