
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाणडौ । शेयर बजारमा सामान्य सुधार भएको छ । मंगलबार १८ दशमलव ७६ अङ्कले घटेको शेयर बजार परिसूचक नेप्से बुधबार दुई दशमलव २७ अङ्कले बढेर दुई हजार ७८ दशमलव ७६ अङ्कमा पुगेको छ ।
बुधबार (आज) बैंक, फाइनान्स, जलविद्युत, लघुवित्त, निर्जिवन विमा र अन्य समूहको शेयर बढेकोमा अन्य समूहको शेयर घटेको छ । बुधबार फाइनान्स समूहको शेयर दुई दशमलव ६२ प्रतिशतले बढेको छ ।
नेपाल फाइनान्स, समाज लघुवित्त र खुटेली बुखारी जलविद्युत् कम्पनीको शेयर झन्डै १० प्रतिशतले बुधबार (आज) बढेको छ । मनकामना स्मार्ट लघुवित्तको शेयर झन्डै १० प्रतिशतले नै घट्यो ।
ुबुधबार तीन सय आठ वटा कम्पनीका ७२ लाख नौ हजार कित्ता शेयर तीन अर्ब ४० करोड रुपैयाँमा कारोबार भएको छ । बुधबार सबैभन्दा धेरै नेपाल फाइनान्सको २० करोड २३ लाख रुपैयाँ बराबरको शेयर किनबेच भयो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij