Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

फाकफोकथुम गापामा छ वटा सिँचाइ आयोजना निर्माण

फाकफोकथुम गापामा छ वटा सिँचाइ आयोजना निर्माण

  • काठमाडौं । इलामको फाकफोकथुम गाउँपालिकामा ६ वटा सिँचाइ आयोजना निर्माण भएका छन्। गाउँपालिकामा चालु आर्थिक वर्षमा चार करोड १९ लाख ८२ हजार रुपैयाँको लागतमा सिँचाइ आयोजना निर्माण भएका हुन् ।

    images
    images
    images

    आयोजनाअन्तर्गत ‘ड्याम’ र पक्की कुलोलगायत पूर्वाधार निर्माण  भएको फाकफोकथुम गाउँपालिका साना सिँचाइ कार्यक्रमले जनाएको छ । गाउँपालिकामा सञ्चालित साना सिँचाइ कार्यक्रमअन्तर्गत वडा नम्बर ६ बाहेक सबै वडामा एक–एकवटा सिँचाइ कुलो निर्माण भएको छ । आयोजना सम्पन्न भएपछि फाकफोकथुमका ६ वटा वडाका खेतबारीमा बाह्रै महिना पानी पुग्नेछ ।

    आयोजनाबाट दुई सय १७ हेक्टर क्षेत्र सिँचाइ सुविधा भएपछि उत्पादन बढ्ने विश्वास छ । फाकफोकथुममा धान, मकै, गुहँलगायत अन्नबाली, अलैँची, अदुवा, आलु, अम्रिसोजस्ता नगदेबाली तथा अकबरे, मुला, काउली, सिमीको व्यावसायिक खेती हुँदै आएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij