Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सहकारी छानबिन समितिको बैठक जारी

सहकारी छानबिन समितिको बैठक जारी

  • काठमाडौँ । सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न गठित संसदीय छानबिन विशेष समितिको बैठक बसिरहेको छ । समितिको बैठक नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा जारी रहेको समितिका एक सदस्यले जानकारी दिए । ‘अहिले बैठक जारी छ’, ती सदस्यको भनाइ छ । 

    images
    images
    images

    सहकारीको रकम अपचलन सम्बन्धमा छानबिन गर्न एमाले सांसद सूर्य थापाको नेतृत्वमा गठित समितिले आजबाट काम थाल्ने जनाएको थियो । 

    सहकारीको बचत रकम अपचलन रकम छानबिन गर्न गत जेठ १५ गते प्रतिनिधिसभा बैठकले सात सदस्यीय छानबिन समिति गठन गरेको थियो । समितिलाई तीन महिनाभित्र अनुसन्धान गरेर प्रतिवेदन बुझाउने समय सीमा निर्धारण गरिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij