
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौं । कैलालीको टीकापुरका एक पुरुष पाँच दिनदेखि बेपत्ता छन् । टीकापुर नगरपालिका–५ मनिकापुरका ५५ वर्षीय खुशीराम चौधरी बेपत्ता भएका हुन् ।
बेपत्ता पुरुष जेठ ३२ गते दिउँसोबाट बेपत्ता भएको स्थानीयले जानकारी दिए । दिउँसो मदिरा सेवन गरेर रानी कुलोमा पसेका चौधरी साँझ घर नपुगेपछि स्थानीयले उनको खोजी गरेका थिए ।
उनको मंगलबार बिहानैदेखि खोजी कार्य जारी राखेको इलाका प्रहरी कार्यालय टीकापुरले जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij