Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

नेपाल समाजवादी पार्टीबाट सांसद यादव निष्काशित

नेपाल समाजवादी पार्टीबाट सांसद यादव निष्काशित

  • काठमाडौँ । नेपाल समाजवादी पार्टीबाट प्रतिनिधि सभा सदस्य महिन्द्र राय यादव निष्काशित भएका छन् । पार्टीले यादवलगायतहरुलाई पदबाट हटाएको सूचना निर्वाचन आयोगमा अद्यावधिक भएको हो ।

    images
    images
    images

    नेपाल समाजवादी पार्टीले आज एक विज्ञप्ति जारी गरी पार्टीको विधान विपरित गतिविधिमा लागेकोले उनीहरूलाई पार्टीबाट हटाउने निर्णय गरेको थियो । विज्ञप्ति अनुसार सांसद यादवसहित प्रदेश सांसद गङ्गानारायण श्रेष्ठ, रमेशप्रसाद यादव लगायतहरुलाई सदस्यबाट हटाइएको हो ।

    समाजवादी पार्टीले १२ जेठमा उनीहरूलाई पदबाट हटाउने निर्णय गरेको थियो । निर्णयपछि विवरण अद्यावधिक गर्न निर्वाचन आयोगमा पत्र पठाएको थियो । निर्वाचन आयोगले नेपाल समाजवादी पार्टीको पत्र अनुसार, ३० जेठ, २०८१ मा उनीहरूलाई सदस्यबाट हटाई विवरण अद्यावधिक गरेको हो । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij