
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । काठमाडौँबाट चोरीमा संलग्न आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुरको ओकुबहालका सुनिल महर्जन रहेका छन् ।
उनले जेठ १८ मा डल्लु स्थित विष्णु मग्रातिको डेरा र जेठ ३१ मा नागढुंगास्थित बसन्डोलमा चोरी गरेको आरोप छ । प्रहरी वृत्त स्वयम्भूबाट खटिएको टोलीले महर्जनको डेराबाट ६ लाख १८ हजार बराबरको चोरीको सामान बरामद गरेको छ ।
आरोपीले चोरी गरेको सुनका गहना, आइप्याड, ल्यापटप, मोबाइल र घडी सहित ६ लाख १८ हजारको सामान बरामद गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij