Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

सीइओलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

सीइओलाई सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर

  • काठमाडौं । सप्तकोशी विकास बैंकका सीइओ नवीन सुवेदी सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । सुवेदीलाई शुक्रबार सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष अदालतले दोषी ठहर गरेको हो ।

    images
    images
    images

    उनलाई ३ वर्ष ३ महिना १८ दिन कैद र २ करोड ३६ लाख ५४ हजार ४ सय जरिवाना तोकिएको छ । अदालतले बिगो बराबरको सम्पत्ति जफत गर्न पनि आदेश दिएको छ ।

    २०८० असारमा सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले सुवेदीविरुद्ध १ करोड १८ लाख ७७ हजार ७ सय रुपैयाँ बिगो मागदाबीसहित बिगोको दोब्बर जरिवाना र कैद सजाय मागदाबीसहित मुद्दा दायर गरेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij