
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । काठमाडौंको असन र ठमेलमा आगलागीपछि करोडभन्दा धेरै मूल्य बराबारको धनमाल जलेर नष्ट भएको छ ।
प्रहरीका अनुसार काठमाडौंको लैनचौरस्थित तारकेश्वर नगरपालिका–७ बस्ने सिरहा मिर्चैया नगरपालिका–२ घर भएका ३५ वर्षीय धिरेन्द्र पण्डितको न्यू ठमेल बुक्स.स्टोरमा करेन्ट सर्ट भई मंगलबार राति आगलागी भएको थियो ।
आगलागीपछि बुक स्टोरका विभिन्न स्टेसनरीका सामानहरू पूर्णरूपमा जलेर करिब १ करोड रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
यसैगरी काठमाडौं असनस्थित संगिता खनालको पूजा तथा खाद्यान्न पसलमा गएराति आगलागी हुँदा पूजा तथा खाद्यान्न सामानहरू जलेर करिब २० लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
सो आगलागी फैलदा गितम तुलाधरको घर समेत जलेर आशिंक क्षति भएको थियो । घटनाका सम्बन्धमा काठमाडौं प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij