
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाण्डु – नेपाल दूरसञ्चार प्राधिकरणले बाँकी रहेको बक्यौता करिब साढे सात अर्ब रुपैयाँ १५ दिनभित्र नबुझाए युटीएल टेलिकम लिमिटेड (युटीएल)को लाइसेन्स खारेज गर्ने बताएकाे छ ।
प्राधिकरणले शुक्रबार राष्ट्रिय दैनिक गोरखापत्रमा सूचना जारी गर्दै २०८१ जेठ मसान्तसम्मको बक्यौता सात अर्ब ४२ करोड ९३ लाख ९१ हजार रुपैयाँ बुझाउन ताकेता गरेको छ । सूचनामा प्राधिकरणले १५ दिनभित्र यो बक्यौता दाखिला नगरे अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढ्ने चेतावनी दिएको छ ।
वर्षौँदेखि बन्द रहेको कम्पनीलाई प्राधिकरणले पटकपटक पत्राचार गरे पनि बक्यौता तिरेको छैन । बक्यौता नतिरेको भन्दै प्राधिकरणले लाइसेन्स खारेजीका लागि यसअघि बढाएको प्रक्रियाविरुद्ध युटीएल अदालत गएको थियो ।
प्राधिकरणले जारी गरेको सूचनामा १५ दिनभित्र बाँकी रहेको बक्यौता नबुझाए दूरसञ्चार ऐन, २०५३ को दफा २८ बमोजिम यूटीएलको अनुमतिपत्र खारेजीको प्रक्रिया अगाडि बढ्ने उल्लेख छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij