Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

अर्थमन्त्रीबाहेक माओवादीका सबै मन्त्री फेर्न खोज्दैछन् प्रचण्ड ?

अर्थमन्त्रीबाहेक माओवादीका सबै मन्त्री फेर्न खोज्दैछन् प्रचण्ड ?

  • काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । जेठ ७ गते आफूलाई चौथोपटक विश्वासको मत दिएका दललाई सरकारमा भित्र्याउने तयारी पनि उनको रहेको छ ।

    images
    images
    images

    नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको माओवादीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । त्यसका लागि दुई मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । 

    प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । माओवादी र सत्तासाझेदार ठूलो दल एमालेबीच एक–एक मन्त्रीलाई बिदाई गर्ने सहमति भएको छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई पार्टीका एक–एक मन्त्रीलाई फिर्ता बोलाइने बताए । 

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी थालेका छन् । जेठ ७ गते आफूलाई चौथोपटक विश्वासको मत दिएका दललाई सरकारमा भित्र्याउने तयारी पनि उनको रहेको छ । नागरिक उन्मुक्ति र जनमत पार्टीलाई सरकारमा ल्याउने विषयमा छलफल भइरहेको माओवादीका कोषाध्यक्ष तथा केन्द्रीय कार्यालयका मुख्यसचिव श्रीराम ढकालले जानकारी दिए । त्यसका लागि दुई मन्त्रीलाई फिर्ता बोलाउनुपर्ने हुन्छ । 

    प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गरिसकेका छन् । माओवादी र सत्तासाझेदार ठूलो दल एमालेबीच एक–एक मन्त्रीलाई बिदाई गर्ने सहमति भएको छ ।  एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले दुई पार्टीका एक–एक मन्त्रीलाई फिर्ता बोलाइने बताए । 

    “दुई मन्त्री पठाउने भएपछि पहिले दुई मन्त्रालय त खाली गर्नैपर्‍यो । कसलाई फिर्ता बोलाउने भन्ने विषयमा कुनै निर्णय भएको छैन । आवश्यक पर्दा पार्टीबाट पठाइएका मन्त्रीलाई फिर्ता बोलाउन सकिन्छ । कुनै निर्णय भइसकेको छैन,” गौतमले बाह्रखरीसँग भने ।




     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij