Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

सिरोहिया पक्राउलाई वेकअप कल मानेर वर्तमान प्रणालीमा सुधार आवश्यक

सिरोहिया पक्राउलाई वेकअप कल मानेर वर्तमान प्रणालीमा सुधार आवश्यक

  • काठमाडौं । दोहोरो नागरिकता र राहदानी लिएको आरोपमा गृहमन्त्री रवि लामिछानेको पहिलो सांसद र मन्त्री पद गयो । उपनिर्वाचन भयो, चितवनका जनताले उहाँलाई जिताए । सुरुसुरुमा केही आशलाग्दो काम र आँट उहाँबाट भयो ।

    images
    images
    images

    कार्यकारी अधिकार नागरिकको हित र सुरक्षाका लागि प्रयोग गर्नुपर्नेमा कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैशाल सिरोहियाविरुद्ध प्रयोग भयो, ‘पावर करप्ट्स सिन्ड्रोम’ले छोएकोजस्तो देखियो । सिरोहियाविरुद्धको अनुसन्धान ‘म्यालिसियस प्रोसिक्युसन’ देखियो ।समाचार अनुसार सहकारीमा लामिछानेजीको पनि संलग्नता रहेछ ।

    उहाँबाट संसद्मा मतदानमा सौदाबाजी भएको देखियो । राजनीति फोहोरी थियो । लामिछानेजीले शुद्धीकरण गर्नुहोला भन्ने आश थियो तर विश्वासको मतमा सौदाबाजीले गृहमन्त्रीकै शुद्धीकरण गर्नुपर्ने देखियो । सुरुको दिनको लामिछाने र आजको लामिछानेमा किन यत्रो फरक ? छानबिनमा सहयोग गर्नुपर्ने थियो । सरकारका दुई ठुला दलको बुई चढेर छानबिनमा बाधक बन्नु हुँदैनथ्यो ।

    गृहमन्त्री लामिछानेजीबाट दुईवटा अधिकारको दुरुपयोग भयो । पहिलो ‘दोहोरो पासपोर्ट मुद्दा नचलाउने ग्यारेन्टी पाएपछि मात्र विश्वासको मत दिने सर्त’ महान्यायाधिवक्ताको कार्यालयमा मुद्दा नचलाउने निर्णय गर्न दबाब दिन पठाएको व्यक्तिको नाम समेत पढियो । यो कार्य संविधानको धारा १०३ संसद्को विशेषाधिकारभित्र पर्दैन । सन् १९९८ मा भारतका प्रधानमन्त्री पीभी नरसिंहरावविरुद्ध चलेको भ्रष्टाचार मुद्दासँग यो घटना मिल्छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij