
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं ।आज (मङ्गलबार) बसेको प्रतिनिधिसभा बैठकमा भाग लिँदै नेकपा (एमाले) सचिवसमेत रहेका सांसद योगेशकुमार भट्टराईले मेयर बालेन शाहप्रति यस्तो टिप्पणी गरेका हुन् ।
“काठमाडौं महानगरपालिकाका मेयरले संयमता गुमाउँदै हुनुहुन्छ,” भट्टराईले भने, “अघि बढौँ तर, उत्तेजना र उच्छृङ्खलतामार्फत होइन ।”
भट्टराईले आम युवाहरूले मेयर शाहमार्फत आफ्नो भविष्य खोजेको तर, शाहले त्यसमा धोका दिएको बताए । “गालीगलौज गर्नु, उत्तेजनामा आउनु आवश्यक छैन । आकाशतिर फर्केर थुक्दा त्यो कहाँ झर्छ, थाहा हुनुपर्छ,” उनले भने ।
उनले शाह मेयर निर्वाचित हुनेबित्तिकै आफ्ना अध्यक्ष केपी शर्मा ओलीले तबला उपहार दिएको स्मरण गर्दै मेयर शाहले तबलाको अर्थ नबुझेको बताए । “तबलाको अर्थ करुणा, प्रेम, सद्भाव, संयमता हो । उहाँले बुझ्नुभएन ।
काठमाडौंले ऋषिमुनिहरूले बनाएको, बुद्धले बनाएको सभ्यताको प्रतिनिधित्व गर्छ । त्यसमाथि धावा बोल्ने काम हुँदैछ, यो स्वीकार्य हुँदैन,” उनले भने । यसअघि मेयर शाहले ‘१० हजार करोडको काण्ड लुकाउन अर्को काण्ड गरेर जनता नझुक्काउनुहोला माननीय केपी ओलीज्यू’ भनेर फेसबूक स्टाटस लेखेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij