Logo

Jul 13 2025 | २०८२, असार २९ गते

Jul 13 2025 | २०८२, असार २९ गते

भ्रष्टाचारमुद्दा लागेका सांसद यादवको निलम्बन फुकुवा

भ्रष्टाचारमुद्दा लागेका सांसद यादवको निलम्बन फुकुवा

  • काठमाडौं ।  लुम्बिनी प्रदेश सभा सदस्य जानकीप्रसाद यादवको निलम्बन फुकुवा भएको छ । 

    images
    images
    images

    प्रदेश सभाको चौथो अधिवेशनको ११औं बैठकमा सभामुख तुलाराम घर्ती मगरले प्रदेश सभा सदस्य यादवको निलम्बन फुकुवा भएको जानकारी गराए ।अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सार्वजनिक सम्पत्ति वन पैदावारको हानी नोक्सानी गरी भष्ट्राचार गरेको शिर्षकमा विशेष अदालतमा मुद्धा दायर गरेपछी प्रदेश सभाले यादवलाई गत फागुन ११ गते मुद्दाको अन्तिम किनारा नलागे सम्मको लागी निलम्बन गरेको थियो ।

    images

    सो मुद्दामा यादवले सफाई पाएपछी प्रदेश सभाले निलम्बन फुकुवा गरेको हो । विशेष अदालतले जेठ ९ गते यादवलाई सफाई दिएको थियो। मुद्धाको फैसला भएको र यादवले सफाई पाएको बारेमा प्रदेश सभामा पत्र प्राप्त भएपछी निलम्बन फुकुवा गरिएको सभामुख घर्तीमगरले जानकारी दिए । 

    यादव राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कपिलवस्तु क्षेत्र नम्बर ३ को ‘ख’बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। प्रदेश सभामा राप्रपाका ४ जना सांसद छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij