Logo

Apr 12 2025 | २०८१, चैत ३० गते

Apr 12 2025 | २०८१, चैत ३० गते

महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

महानगरभित्रका सार्वजनिक शौचालयमा पैसा नलाग्ने

  • काठमाडौं । अहिले काठमाण्डौ महानगरपालिका क्षेत्रभित्र रहेका सार्वजनिक शौचालयहरूले ५ र १० रुपैयाँ लिइरहेका छन् । आउँदो १५ दिनपछि काठमाण्डौ महानगरपालिकाभित्रका सार्वजनिक शौचालयहरूमा पैसा नलाग्ने भएको छ ।

    images
    images
    images

    निःशुल्क रूपमा सञ्चालित सार्वजनिक शौचालयका लागि आवश्यकताअनुसार जनशक्ति, सामग्री, मर्मत–सम्भार र सरसफाइ सहयोग उपलब्ध गराउने महानगरपालिकाले जनाएको छ ।

    शुल्क लिइरहेका शौचालयका सञ्चालकहरूले १५ दिनभित्र महानगरपालिकाको सार्वजनिक निजी साझेदारी एकाइमा लिखित प्रस्ताव पेश गर्न भन्दै महानगरले सूचना विपरीत सार्वजनिक शौचालयको प्रयोगबापत शुल्क लिएमा प्रचलित कानुन बमोजिम कारबाही गरिने बताएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij