Logo

Jun 12 2025 | २०८२, जेठ २९ गते

Jun 12 2025 | २०८२, जेठ २९ गते

मेयर बालेनको दाबी: सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे

मेयर बालेनको दाबी: सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरे

  • काठमाडौं – काठमाडौं महानगरपालिका मेयर बालेन शाहले सडकमै पार्किङ गर्न पाउनुपर्छ भन्नेहरूले अहिले न्यूरोडमा फुटपाथ बढाउँदा विरोध गरिरहेको बताएका छन् । मेयर शाहका अनुसार न्यूरोडमा तीन फिट फुटपाथ बढाउन लागिएको हो ।

    images
    images
    images

    ‘न्यूरोडमा जसले सडकमा पार्किङ गर्न पाउनुपर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले तीन फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन्,’ शुक्रबार मेयर शाहले सामाजिक सञ्जाल फेसबुकमा पोस्ट गरेका छन्, ‘सडकमा तीन फिटभन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर गाडी गुड्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी गुड्नै साँघुरो हुने कसरी हुन्छ ?’

    images

    उनले सडक विभागले बनाएको मापदण्डअनुसार दैनिक एक लाख मानिस आवतजावत गर्ने सडक फुटपाथ कत्रो चाहिन्छ हेर्न पनि आग्रह गरेका छन् । सडक विभागले त्यो मापदण्ड पालना गर्न बनाएको हो कि होइन भन्ने पनि सोध्नुपर्ने उनको भनाइ छ ।

    ‘प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ, कागजमा वैज्ञानिक कुरा लेखेर व्यवहारमा कमिसन बढाउन खोज्नेहरूसँग लिउँ, फुटपाथ बढाउन रोकियो भने अहिले यो गइहाल्छ, पछि फेरि पार्किङबाट कमाउन पाइन्छ भन्ने सोचेर न्यूरोडलाई लथालिङ र अव्यवस्थित बनाउनेहरूसँग लिउँ,’ उनले भनेका छन् ।

    विकास गर्ने हो भने र बदलिदो समयमा न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन जुट्नुपर्ने मेयर शाहको भनाइ छ। काठमाडौं महानगरले न्यूरोड क्षेत्रका सडक बिनाअनुमति काटेको भन्दै सडक विभागले महानगरलाई पत्र नै पठाएको छ । यही कारण महानगर र सडक विभागबीच टसल देखिएको छ ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij