Logo

Apr 18 2025 | २०८२, वैशाख ५ गते

Apr 18 2025 | २०८२, वैशाख ५ गते

मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयबारे बुुझ्न संसदीय समितिले गृहमन्त्रीलाई बोलायो

मापसे कारबाहीमा परेकालाई सडकमा खटाउने निर्णयबारे बुुझ्न संसदीय समितिले गृहमन्त्रीलाई बोलायो

  • काठमाडौं । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई जवाफका लागि बोलाएको छ । मापसेलगायत विभिन्न अभियोगमा कारबाहीमा परेकालाई कानुनविपरीत सडकमा ट्राफिक बनाएर खटाएको विषयमा जवाफ दिन उनलाई बोलाइएको हो । 

    images
    images
    images

    गणतन्त्र दिवसको अवसरमा घोषणा गरेर मापसेसहित ट्राफिक नियम उल्लंघनको कारबाहीमा परेकालाई ट्राफिक स्वयंसेवक बनाउने निर्णय कुन कानुनअनुसार गरेको भनेर सोध्न शुक्रबार गृहमन्त्रीलाई बोलाएको समितिले जनाएको छ । उनलाई शुक्रबार समितिमा उपस्थित भएर जवाफ दिन भनिएको छ ।  

    बिहीबार बसेको समिति बैठकमा समसामयिक विषयमा भएको छलफलमा कुनै पदमा बसेको व्यक्तिको घोषणालाई कानुन मान्न नसकिने निष्कर्षपछि गृहमन्त्रीलाई बोलाएर जवाफ माग्ने निर्णय भएको थियो । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij