Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

क्रिकेटर लामिछानेको अमेरिकी भिसा प्रक्रिया अगाडि बढ्यो,आजै राती अमेरिका उड्न सक्ने

क्रिकेटर लामिछानेको अमेरिकी भिसा प्रक्रिया अगाडि बढ्यो,आजै राती अमेरिका उड्न सक्ने

  • काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेको अमेरिकी भिसाको प्रक्रिया फेरि अघि बढेको छ । यसअघि अमेरिकाले उनको भिसा अस्वीकृत गरेपछि सन्दिपले पुनः प्रक्रियाका लागि आवेदन दिएका थिए ।

    images
    images
    images

    सन्दीपको भिसाका लागि नेपाल सरकारले कूटनीतिक रूपमा प्रयास अगाडि बढाएको थियो । यससँगै उनको भिसा प्रक्रिया फेरि अगाडि बढेको हो । अमेरिकी राजदूतावासले सन्दीपलाई आज अपराह्न ४ बजे अन्तरवार्ताका लागि बोलाएको छ ।

    सन्दीपले यही आइतबारदेखि सुरू हुने टी-२० विश्वकप खेल्न जानका लागि भिसा मागेका हुन् । विश्वकपमा नेपालको पहिलो खेल भने आगामी बुधबार नेदरल्याण्ड्सविरुद्ध छ । दूतावासले भिसा दिए सन्दीप आजै राति अमेरिका उड्ने बताइएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij