Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु

कोशी प्रदेशको एक अर्ब ३१ करोड बेरुजु

  • काठमाडौं । महालेखापरीक्षकको कार्यालयले कोशीका प्रदेशका प्रदेश प्रमुखलाई छैटौं लेखापरीक्षण प्रतिवेदन बुझाएको छ । बुधबार कार्यालयले प्रदेश प्रमुख पर्शुराम खापुङलाई प्रतिवेदन बुझाएको हो ।

    images
    images
    images

    महालेखा परीक्षकको प्रतिवेदन अनुसार कोशी प्रदेशको बेरुजु एक अर्ब ३१ करोड ७६ लाख १० हजार रहेको छ । लेखापरीक्षकको कार्यालयले प्रदेश सरकार अन्तर्गतका मन्त्रालय तथा निकायसमेत गरी १८० वटा कार्यालयको ४७ अर्ब ९३ करोड १ लाख १५ हजार र १८ समिति र अन्य संस्थाको ४ अर्ब ८४ करोड ७० लाख १९ हजारसमेत गरी ५२ अर्ब ७८ करोड ७१ लाख ३४ हजारको लेखा परीक्षण सम्पन्न गरेको थियो ।

    प्रतिवेदनमा देखाइएको बेरुजुमध्ये १४ करोड ७१ लाख ४० हजार असुल गर्नुपर्ने, एक अर्ब ९ करोड ४० लाख ४७ हजार नियमित गर्नुपर्ने उल्लेख छ ।

    नियमित गर्नुपर्ने बेरुजुमध्ये पनि ३४ करोड ५२ लाख १ हजार अनियमित भएको र ७४ करोड ८८ लाख ४६ हजार प्रमाण कागजात पेश नभएको तथा ७ करोड ६४ लाख २३ हजार पेस्की दिएको उल्लेख छ ।

    आर्थिक वर्ष २०७९/८० मा देखिएको १ अर्ब ३१ करोड ७६ लाख १० हजारसहित अद्यावधिक बेरुजुको अंक भने ५ अर्ब ५८ करोड ४ लाख ७ हजार पुगेको बताइएको छ । अद्यावधिक बेरुजु गत वर्षभन्दा १२.४९ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ ।

    May be an image of text that says 'नेपाल सरकार प्रदेश प्रमुखको कार्यालय कोशी प्रदश विराटनगर फोन नं. सेंपान मुळके T 리10 ०२१-४२२७२४ ०२१-४२२5४७ विज्ञप्त कोशी प्रदेशका माननीय प्रदेश प्रमुख परशुराम खापुड्रज्यूसमक्ष माननीय महालेखापरीक्कज्यूको प्रतिनिधि नायब महालेखापरीक्षक श्री श्रीप्रसाद राईले नेपालको संविधानको धारा २९४ को उपधारा (੩) बमोजिम महालेखापरीक्षकको आ.व. ०७९/५० को ਛैटौं वार्षिक प्रतिवेदन (कोशी प्रदेश) पेस ग्नुभएको छ। ಕెಂದ9ಿ साल जेठ १६ गते बुधवार। Lon 업키지9회시 (राम कुमार श्रेष्ठ) सूचना अधिकारी सुचना अधिकारी'

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij