
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । संघीय संसदका विभिन्न ६ संसदीय समितिका बैठक आज एकै पटक बोलाइएको छ । प्रतिनिधिसभा अन्तर्गतका चारवटा समिति र दुई वटा भने राष्ट्रियसभा अन्तर्गतका समितिका बैठक बस्न लागेको हो ।
बैठक सिंहदरमा बस्ने छ । राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।
बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij