
Apr 12 2025 | २०८१, चैत ३० गते
काठमाडौं । टी–२० विश्वकप खेल्न जानका लागि भिसा दिन माग गर्दै युवाहरूले काठमाडौंमा प्रदर्शन गरेका छन् । क्रिकेटर सन्दीप लामिछानेलाई अमेरिकाले भिसा नदिएको भन्दै उनका समर्थक आज आन्दोलनमा उत्रिएका हुन् ।
माइतीघरमा भेला भएका समर्थक नयाँ बानेश्वरतर्फ अघि बढेका थिए । भिसाका लागि दबाब सिर्जना गर्न समर्थकहरूले महाराजगञ्जस्थित अमेरिकी दूतावासमा जाने तयारी गरेका छन् ।
अदालतले निर्दोष सावित गरिसकेका खेलाडीलाई विश्वकप खेल्नबाट रोकिएको भन्दै उनीहरूले आक्रोश व्यक्त गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही पनि आन्दोलनमा सहभागी भएका छन् । उनैले आन्दोलनमा आउन सबैलाई आह्वान गरेका थिए ।
बलात्कार आरोपबाट गत जेठ २ गते सफाइ पाएपछि सन्दीपले विश्वकप खेल्ने बाटो खुलेको थियो । तर भिसाको समस्या भएपछि उनले विश्वकप गुमाउने सम्भावना बढेको छ ।
यसबाट समर्थकहरू आक्रोशित बनेका हुन् । यही जुन १ देखि अमेरिका र वेस्ट इन्डिजमा टी–२० विश्वकप हुँदैछ । नेपाली टोली भने अहिले विश्वकपको तयारीस्वरुप अमेरिकामा अभ्यास खेल खेलिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij