
Apr 05 2025 | २०८१, चैत २३ गते
काठमाडौं । सरकारले करिब २ लाख बेरोजगारी व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगार प्रदान गर्ने घोषणा गरेको छ ।
मङ्गलबार सङ्घीय संसद्का दुवै सदनसमक्ष आर्थिक वर्ष २०८१/८२ को बजेट पेस गर्दै अर्थमन्त्री वर्षमान पुनले यसबारे जानकारी दिएका हुन् ।
“प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत स्थानीय तहमा सूचीकृत बेरोजगारलाई सार्वजनिक निर्माण तथा मर्मत सम्भार आयोजनाका काममा सहभागी गराइ करिब २ लाख व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगार प्रदान गरिनेछ,” उनले भने ।
त्यस कार्यक्रमका लागि ६ अर्ब बजेट बिनियोजन गरिएको पनि उनले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij