
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । पोर्चुगिज फुटबल स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रिमियर लिगमा अर्को कीर्तिमान बनाएका छन् । अल नासर र अल ईत्तिहादबिच सोमबार राति खेलिएको खेलसँगै रोनाल्डोले यस्तो कीर्तिमान बनाएका थिए ।
उक्त खेलमा अल नासरका लागि रोनाल्डोले दुई गोलको योगदान गरेका थिए । सोही कारण अल नासरले अल ईत्तिहादलाई ४–२ गोलले हराएको थियो । रोनाल्डो यो सिजनको साउदी व्यावसायिक लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको सूचिमा पहिलो स्थानमा छन् ।
साउदी व्यावसायिक लिगमा यो सिजन रोनाल्डोले ३५ गोल गरिसकेका छन् । उनी साउदी प्रिमियर लिगको इतिहासमा एकै सिजन सर्वाधिक गोल गर्ने खेलाडी पनि बनेका छन् । ३९ वर्षीय रोनाल्डोले अब्देररजाक हमदल्लाहको नाममा रहेको कीर्तिमान तोडेका हुन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij