Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

शिक्षा क्षेत्रमा १५ करोड ६१ लाख बेरुजु

शिक्षा क्षेत्रमा १५ करोड ६१ लाख बेरुजु

  • काठमाडौं  : शिक्षा क्षेत्रमा १५ करोड ६१ लाखभन्दा बढी बेरुजु रहेको पाइएको छ । महालेखा परीक्षकको ६१ औँ वार्षिक प्रतिवेदनले शिक्षा क्षेत्रमा १५ करोड ६१ लाख ६७ हजार बेरुजु बाँकी रहेको देखाएको हो ।

    images
    images
    images

    सार्वजनिक भएको प्रतिवेदनमा २०८० को आर्थिक वर्ष २०७९/०८० मा शिक्षा मन्त्रालय र मातहत समेतका निकायको लेखापरीक्षणबाट देखिएको बेरुजुको स्थिति देखाएको छ ।

    जसमा सरकारी कार्यालयतर्फ ५७ निकायमा १६ करोड ३४ लाख ९३ हजार बेरुजु देखिएकोमा प्रारम्भिक प्रतिवेदन उपलब्ध गराएपछि ५ निकायले ७३ लाख २६ हजार फर्स्योट गरेका थिए ।

    अब १५ करोड ६१ लाख ६७ हजार बेरुजु बाँकी रहेको छ । ‘सोमध्ये ३४ लाख ३९ हजार म्याद नाघेको पेस्की रहेको छ,’प्रतिवेदनमा उल्लेख छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij