
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं – प्रमुख दलका शिर्ष नेताहरुको प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति जुट्न नसकेको बताइएको छ ।
बैठकले सहकारी ठगि प्रकरणमा संसदीय छानबिन समितिको कार्यादेश बारे छलफल गरेको थियो । बिहानको बैठकमा सहमति नभएपछि आज साँझ पुनः बैठक बस्ने सहमति भएको बताइन्छ ।
कार्यादेशमा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख गर्ने या नगर्ने भन्ने विषयले नै सहमति हुन नसकेको बैठकमा सहभागि एक जना नेताको भनाइ छ । सत्ता पक्ष नाम उल्लेख नगर्ने पक्षमा छन् भने कांग्रेसले नाम उल्लेख गरेरै छानबिन गर्नुपर्ने अडान लिँदै आएको छ ।
आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसबाट उपसभापति पूर्णबहादुर खड्का, नेता कृष्ण सिटौला, महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखक, नेता ज्ञानेन्द्रबहादुर कार्की, सहमहामन्त्री जीवन परियार सहभागी थिए भने एमालेबाट कानुनमन्त्री पदम गिरी, कार्यदल सदस्य महेश बर्तौला सहभागी थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij