
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । आगामी आर्थिक वर्ष ०८१/८२ को नीति तथा कार्यक्रम यहि जेठ १४ गते बागमती प्रदेश सरकारले प्रस्तुत गर्ने भएको छ ।
बागमती प्रदेश सभा सचिवालयका सचिव कृष्णहरि खड्काले प्रदेश सरकारको तर्फबाट प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेश सभाको १४ जेठमा बस्ने बैठकमा नीति तथा कार्यक्रम प्रस्तुत गर्ने जानकारी दिए ।
सचिव खड्काका अनुसार उक्त दिन प्रदेश सभा बैठक ३ बजे बस्ने कार्यतालिका रहेको छ । प्रदेश सरकारले सदनमा प्रस्तुत गरेको विनियोजित विधेयक ०८१/८२ को सिद्धान्त तथा प्राथमिकतामाथिको छलफल सकिएकाले प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुन गर्ने तयारी गरेको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij