Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

बागमतीमा तीन दिन गणतन्त्र दिवस मनाइने

बागमतीमा तीन दिन गणतन्त्र दिवस मनाइने

  • काठमाडौं । जेठ १३, १४ र १५ गते गणतन्त्र दिवस मनाउन लागेको शुक्रबार पत्रकार सम्मेलन गरेर आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ । बागमती प्रदेश सरकारले गणतन्त्र दिवस, २०८१ विविध कार्यक्रमको आयोजना गरी तीन दिनसम्म भव्य रूपमा मनाउने निर्णय गरेको छ । 

    images
    images
    images

    बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलको संयोजकत्वमा, सभामुख, मन्त्रीहरु, उपसभामुख, विपक्षी दलका नेता, विषयगत समितिका सभापति, संवैधानिक निकायका प्रमुख, कर्मचारी र सुरक्षा निकायका प्रमुख सम्मिलित ४२ सदस्यीय मूल समारोह समिति गठन गरिएको बागमती प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री गंगानारायण श्रेष्ठले जानकारी दिनुभयो ।

    गणतन्त्र दिवसका अवसरमा जेठ १३ गते सामाजिक विकास मन्त्रालयले गणतन्त्र दिवस सम्बन्धी विषयमा विद्यालयस्तरीय बकतृत्वकला प्रतियोगिता आयोजना गर्ने र युवा तथा खेलकुद मन्त्रालय र खेलकुद परिषदले मैत्रीपूर्ण खेलकुद कार्यक्रम गर्ने भएका छन् ।

    त्यस्तै, जेठ १४ गते स्वास्थ्य मन्त्रालयले सार्वजनिक रक्तदान कार्यक्रम, वन तथा वातावरण मन्त्रालयले वृक्षारोपण, सञ्चार रजिष्ट्रारको कार्यालयले प्रदेश सरकारको लगानीमा निर्मित लघु चलचित्र तथा वृत्तचित्र प्रदर्शन साँझ ५ बजे नारायणी मलको चलचित्र घरमा गर्ने र १५ गते गणतन्त्र दिवसको अवसरमा सम्बन्धित मन्त्रालय–कार्यालयहरुले आफ्नो परिसर सरसफाइ, प्रभातफेरी र मूल समारोहमा शैक्षिक संस्थाबाट शिक्षक तथा विद्यार्थीको सहभागिताका लागि हेटौँडा उपमहानगरपालिका मार्फत समन्वय गर्ने निर्णय भएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij