
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौं । बर्दियामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बाँके हसनापुरकी ३५ वर्षीया मनिसा रोकाय रहेकी छन् । बाँसगढी नगरपालिका–४ जनचेतना सामुदायिक वन नजिक बाघको आक्रमणबाट रोकायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी नायव उपरीक्षक तुल्सीराम अर्यालले जानकारी दिए ।
मृतक रोकाय आफ्नी दिदी ४० वर्षीया कैलाशपति थारूसँगै बाँसगढी नगरपालिका–४ बठुवा जाने क्रममा बाघको आक्रमणमा परेकी हुन् । उनकी दिदी कैलाशपति भने सकुशल रहेकी प्रहरीले जनाएको छ ।
डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण विडारीले घटनाबारे अनुसन्धान भइरहेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij