
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । सहकारीमा जम्मा गरिएको रकम हिनामिनाका सम्बन्धमा छानबिन गर्नका लागि गठन गर्ने भनिएको संसदीय समितिको कार्यादेश (टीओआर) मा सहमति गर्न कार्यदलको बैठक जारी छ । बैठक बिहीबार दिउँसो सिंहदरबारमा सुरु भएको हो ।
केही दिनयता समितिको बैठक बसिरहे पनि सहमति जुट्न सकेको छैन । रकम हिनामिनामा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने संलग्न भएको भन्दै कांग्रेसले उनको नाम नै किटेर समिति गठन हुनुपर्ने माग गरेको छ ।
कार्यदलमा कानुनमन्त्री पदम गिरीका साथै कांग्रेसबाट जीवन परियार, एमालेबाट महेश बर्तौला र रास्वपाका शिशिर खनाल सदस्य छन् । बैठकहरूमा कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्की पनि सहभागी हुँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij